सांसदको शपथअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले पशुपतिनाथको दर्शन गरेका छन् । शपथअघि राप्रपाका चार जना सांसद पशुपति दर्शनका लागि गएका हुन् ।
आज दिउँसो २ बजे संसद सचिवालयले सपथ ग्रहणको व्यवस्था गरेको छ ।
पशुपति दर्शनपछि संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भनेका छन्, ‘भगवान पशुपतिनाथले हामी सबै नेपालीहरूको रक्षा गरुन् । पशुपतिनाथको प्राङ्गणबाट सबैलाई शुभकामना । राष्ट्र संस्कार संस्कृतिको रक्षा होस् ।’
२०८२ चैत्र १२, बिहिबार