+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कार्की आयोगले भन्यो– काठमाडौंवरिपरिका गुम्बा, चर्च र मदरसामा तत्काल निगरानी बढाइयोस्

अत्रिदेव खबर
२०८२ चैत्र १२, बिहिबार

गत २३ र २४ भदौको घटना जाँचबुझ गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले गुम्बा, चर्च र मदरसामाथि गम्भीर प्रश्न उठाएको छ । २४ भदौको विध्वंसमाथि खासै अनुसन्धान नगरेको कार्की आयोगले यस्तो विषयमा भने लामो व्याख्या र सुझाव दिएको छ । कार्की आयोगले काठमाडौंवरिपरिका गुम्बा मात्र होइन, चर्च र मदरसामाथि निगरानी बढाउनुपर्ने सुझाव दिएको छ ।

प्रतिवेदनअनुसार काठमाडौंभित्रका आलिसान गुम्बाका साथै देशभर निर्मित चर्च र मदरसाहरूको गतिविधि निगरानी गर्नुपर्छ ।

जेन–जी विद्रोहको बेलामा काठमाडौंमा स्वतन्त्र तिब्बतको आन्दोलनमा संलग्न व्यक्तिहरूको पनि शंकास्पद गतिविधि रहेको टिप्पणी भएको थियो । त्यतिबेला टीओबी समूह भनेर तिब्बत ओरिजन ब्लडको समूह सक्रिय भएको थियो । कार्की आयोगले यसै सन्दर्भसँग जोडेर गुम्बामाथिको निगरानीमा जोड दिएको हो । त्यतिबेलाको आन्दोलनमा सहभागी उक्त समूहलाई कारबाही गर्न सिफारिस भने गरिएको छैन ।

कार्की आयोगको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा बनाइएका विशाल र आलिसान गुम्बाहरूको सरकारले राम्ररी अनुगमन गर्न मात्र भनेको छैन, मुस्लिम समुदायका बालबालिका पढाउने मदरसा र क्रिश्चियन समुदायका चर्चहरूमा आउने सहयोग र तीनका गतिविधिहरूको निगरानी गर्नसमेत भनेको छ ।

कार्की आयोगको प्रतिवेदनमा यी संस्थाहरूमा हुने गतिविधिले राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकालेको छ । साथै, ती निकायमा मुलुकले आफ्नो गुप्तचरी क्षमता बढाउन तत्काल आवश्यक भएको पनि प्रतिवेदनमा लेखिएको छ ।

२०८२ चैत्र १२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र १२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ