+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुर ३ को चुनावी मैदानमा बौद्धिक तथा शालीन नेता डा. दीपक प्रकाश भट्ट, अनुभवी र विज्ञता बोकेका उम्मेदवार

अत्रिदेव खबर
२०८२ फागुन १७, सोमबार

कैलाली । सुदूरपश्चिमको समग्र विकासको एजेन्डासहित अनुभवी नेता डा. दीपक प्रकाश भट्ट चुनावी मैदानमा छन । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट अनुभवी तथा शालीन नेता डा. दीपक प्रकाश भट्ट चुनावी मैदानमा होमिएका हुन् ।

यसअघि २०७४ सालमा नेपाली कांग्रेसका रमेश लेखकलाई पराजित गर्दै डा. भट्ट पहिलो पटक सांसदमा प्रवेश गरेका थिए । लेखकलाई २५८ मतले पछि पार्दै डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, २०७९ मा भट्ट उम्मेदवार भएनन ।

उनको ठाउँमा एमालेले निरुदेवी पाललाई उम्मेदवार बनाएको थियो । र यस पटाक डा. भट्टाको बौद्धिक छवि र विगतको कार्यसम्पादनका कारण पार्टीले उनीमाथि पुनः भरोसा गर्दै क्षेत्र नम्बर ३ बाट दोस्रो पटक टिकट दिएको हो ।

डा.भट्ट एक अनुभव र विज्ञता बोकेका उम्मेदवार हुन् । सुदूरपश्चिमको समग्र विकासको खाकासहित चुनामा होमिएका छन् । उनले आफ्नो विज्ञतालाई पूर्ण रूपमा कञ्चनपुर र समग्र सुदूरपश्चिमको विकासमा लगाउने बताएका छन् । क्षत्र नम्बर ३ मा नेपाली काँग्रेसले हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ ।

को हुन डा. दीपक प्रकाश भट्ट ?

डा. दीपक भट्ट एक बौद्धिक र प्रभावशाली राजनीतिज्ञका रूपमा परिचित नाम हो । २०७४ सालमा पहिलोपटक सांसद भएका डा. भट्टको राजनीति अनेरास्ववियुबाट भएको हो । भट्टले सेना समायोजन विशेष समिति सदस्यदेखि उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन समिति सदस्य रहेर काम गरेका छन् ।
यसका साथै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य, निजगढ विमानीस्थल निर्माणार्थ उपसमिति संयोजक विमान खरिद सम्बन्धी वाइडबडि र न्यारोबडि छानबिन उपसमिति संयोजक समेत भएर काम गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा मामिलामा विद्यावारिधि गरेका डा. भट्टले सुदूरपश्चिमको आवाजलाई संसदमा पटक पटक उठाएका छन् । कञ्चनपुरको विकास, महाकाली कोरिडोर, दोधारा–चाँदनी सुख्खा बन्दरगाह र सीमा समस्याका विषयमा उनले संसदमा पटक–पटक आवाज उठाएका थिए । अहिले पनि उनले आफ्नो चुनावी एजेन्डामा यी विषयहरू स्पष्ट रूपमा उल्लेख गरेका छन् ।

२०८२ फागुन १७, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ फागुन १७, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ