भजनी : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नम्बर ३ मा उम्मेदवार बिरमान चौधरीलाइ बिजयी बनाउनका लागि केन्द्रीय सदस्य लाजुराम चौधरीको नेतृत्वमा ११०१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
जस अन्तर्गत निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पालिकाहरुको संयोजकमा घोडाघोडी इन्चार्ज खुशिराम चौधरी ,भजनी नगरपालिका बिनिता चौधरी, कैलारी गाउँपालिका परशुराम चौधरी”मिसन” लाई जिम्मेवारी तोकिएको छ ।
बैठकले निर्वाचनको प्रचारप्रसार तथा अहिलेको बद्लिदो प्रचार शैली तथा डाटा अध्यन सहितको आइटी परिचालन समितिको संयोजक प्रकाश मिश्रलाइ दिएको हो ।
त्यस्तै विभिन्न राजनितिक दलहरुसंग संवाद तथा अन्तरक्रीया गर्नका लागि दिपक मिश्र ,चन्द्र बोहरा,पुष्कल बम , दिपक सुनार लाई जिम्मेवारी दिइएको छ भने प्रतिबद्धता लेखनका लागि खेम जोशिको नेतृत्वमा समिती बनाइएको छ ।
भजनिमा सम्पन्न क्षेत्रीय बैठकले पर्चा पम्प्लेट तथा प्रचार प्रसारका आस्विन चौधरी दुर्गा अधिकारी उद्द्गम ,श्याम सापकोटालाई जिम्मेवारी तोकिएको छ ।
निर्वाचन समयसम्मको युवा परिचालनका लागि नैन चौधरी”बिबेक”को नेतृत्त्वमा समिती बनाइएको छ भने महिला परिचालनका लागि दुर्गा चलाउने खड्का “मलागीलाइ जिम्मेवारी दिइएको हो ।
बैठकले स्वयम् सेवक परिचालनको जिम्मेवारी बिपिन आचार्यलाई दिएको निर्वाचन परिचालन समितीका संयोजक लाजुराम चौधरीले जानकारी दिनुभयो ।
२०८२ माघ १०, शनिबार