+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वयसँग छलफलमा कार्यवाहक सभापति खड्का

अत्रिदेव खबर
२०८२ कार्तिक १३, बिहिबार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्।

केन्द्रीय कार्यालय सानेपामा असिले कावा सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माबीच छलफल जारी छ। महामन्त्रीद्वयले आफूहरूले अघि सारेको कार्यतालिका अनुसार मंसिरमा महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन्। तर, संस्थापन पक्षको हिजो भएको भेलाले चुनावपछि वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसले कांग्रेसभित्र मतभेद चर्किएको छ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको भएपनि कावा सभापति र महामन्त्रीहरू छलफलमा जुटेपछि अहिलेसम्म सुरु हुन सकेको छैन। नेताहरू बैठकमा सहभागी हुन पुगिसकेका छन्।

२०८२ कार्तिक १३, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ कार्तिक १३, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ