सुखड : भारतको पुनामा सवारी ठक्करका कारण मृत्यु भएका कैलालीको घोडाघोडी नगरपालिका -१ घोडाघोडीका राम बहादुर मल्लको परिवारलाइ घोडाघोडी नगरपालिकाले खाधान्न सहयोग गरेको छ ।
लामो समयदेखी रोजगारीको सिलसिलामा भारतको पुनामा रहेका ४५ बर्षिय मल्लको दुई हप्ता अगाडि भारतको पुनामा गाडीको ठक्करबाट मृत्यु भएको थियो ।
मृतक मल्लको घोडाघोडी नगरपालिका -१ स्थित घरमा एक्लै रहेकी उनकी आमालाइ साझ बिहान छाक टार्नै गार्हो भएपछी नगर प्रमुख खडक रावत वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझाले केही समयका लागि पुग्ने खाधान्न सहयोग गरेका हुन ।
नगरका तर्फबाटदाल,चामल,तेल,नुन,सोडा,चिनी,चियापत्ती ,पिठो लगायत सहयोग गरिएको हो ।
मृतक मल्लकी एक १४ बर्षिय छोरी छिन ।
२०८२ आश्विन २६, आईतबार