विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न विराटनगर पुग्नुभएको छ।

मोरङमा हुने यस बैठकमा उहाँले विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया पनि गर्नुहुनेछ। बैठकमा सहभागी हुन प्रदेशभरका नेताहरू विराटनगरमा भेला भएका छन्।

२०८२ भाद्र १२, बिहिबार