धनगढी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ।
देशभरका स्थानीय तहहरूको गुणस्तर र कार्यसम्पादन परीक्षणपछि सार्वजनिक गरिएको नतिजाअनुसार सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी नगरपालिका पहिलो भएको छ।
घोडाघोडी नगरपालिकाले ८५.५० अङ्क प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट स्थान हासिल गरेको हो। यस्तै, बैतडीको मेलौली नगरपालिका भने जम्मा ३१.२५ अङ्कका साथ प्रदेशको सबैभन्दा कमजोर स्थानीय तह बनेको छ।
मन्त्रालयले शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत १० वटा मुख्य सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरेको हो। यस मूल्याङ्कनको मुख्य उद्देश्य स्थानीय तहहरूको कामको समीक्षा गर्ने, सुधारका क्षेत्रहरू पहिचान गर्ने र एकअर्काबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको मन्त्रालयले जनाएको छ।
२०८२ भाद्र ८, आईतबार