+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वराष्ट्रपति भण्डारीको ‘अचानक’ एमाले मुख्यालय भ्रमण: ओली भेटको खास अर्थ के? (तस्विरहरु)

अत्रिदेव खबर
२०८२ श्रावण ४, आईतबार

काठमाडौं :  राजनीतिक विश्लेषकहरूलाई अचम्ममा पार्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लाई भेट्न च्यासलस्थित एमाले मुख्यालय पुगेकी छन्। दिउँसो ३ बजेको लागि तय भएको भेट प्रधानमन्त्रीको व्यस्तताका कारण एक घण्टा ढिलो गरी ४ बजे भएको हो।

राष्ट्रपतिको पदबाट हटेपछि सार्वजनिक रूपमा कमै देखिएकी भण्डारीको पार्टी कार्यालयमै पुगेर ओलीसँगको भेट लाई ‘अचानक’ र गहिरो राजनीतिक अर्थ बोकेको मानिएको छ। यो भेटले एमालेको आन्तरिक राजनीति, राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण वा कुनै गोप्य सहमतिको संकेत गरेको हो कि भन्ने अड्कलबाजीहरू तीव्र भएका छन्। यो भेटको खास अर्थ आगामी दिनमा खुल्ने अपेक्षा गरिएको छ। (तस्विरहरु) :

२०८२ श्रावण ४, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण ४, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ