+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वामदेव गौतम एकीकृत समाजवादीमा, नेकपा राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा

अत्रिदेव खबर
२०८२ श्रावण २, शुक्रबार

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज (शुक्रबार) पार्टी एकता घोषणा भएको छ। राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुई पार्टीबीच औपचारिक एकता भएको हो।

यस एकतासँगै नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ नेता बनेका छन्। उनी पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन्। लामो समयदेखि नेकपा (एमाले) भित्र उचित स्थान नपाएको र ‘वेवास्ता’ मा परेको महसुस गर्दै आएका नेता गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न पुगेका हुन्। यस एकताले एकीकृत समाजवादीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

२०८२ श्रावण २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ