+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीतिमा फर्कन भण्डारीको आकांक्षा: कोइरालाको ‘सुशासन’ शर्त !

अत्रिदेव खबर
२०८२ श्रावण २, शुक्रबार

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। नेता कोइराला भण्डारीलाई भेट्न उनको निवास पुगेका थिए। दुई जनाबीच करिब एक घण्टा गहन संवाद भएको उनीहरू निकट स्रोतले जनाएको छ।

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू पुनः राजनीतिमा फर्कन चाहेको संकेत दिएकी छन्। स्रोतका अनुसार, “विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो। उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ।” यस भनाइले भण्डारी सक्रिय राजनीतिमा फर्कने मनस्थितिमा रहेको र त्यसका लागि कांग्रेस नेता कोइरालाको साथ खोजेको बुझिन्छ।

प्रत्युत्तरमा, नेता कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। साथै, उनले राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन भण्डारीलाई सुझाव दिएको स्रोतले बताएको छ। कोइरालाले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने आफ्नो विचार भण्डारीसमक्ष राखेका थिए। यो भेटवार्ताले आगामी दिनमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भूमिकाबारे विभिन्न अड्कलबाजी सुरु गराएको छ।

२०८२ श्रावण २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ