+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मधेस युनाइटेडले मिस नेपाल नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्यो

अत्रिदेव खबर
२०८२ श्रावण १, बिहिबार

काठमाडौं : आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) का लागि मधेस युनाइटेडले अभिनेत्री तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

मधेस युनाइटेडले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो। नीति शाह मिस नेपाल इन्टरनेसनल २०१७ को उपाधि विजेता हुन्। मधेस युनाइटेडको ब्रान्ड एम्बेसडर नियुक्त भएपछि शाहले टोलीमा आबद्ध हुन पाउँदा आफूलाई ‘अत्यन्त खुसी र गर्व’ महसुस भएको बताएकी छन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गते देखि २८ गतेसम्म सञ्चालन हुनेछ। नीति शाहको आगमनले मधेस युनाइटेड टोली र समग्र लिगको प्रचारप्रसारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

२०८२ श्रावण १, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण १, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ