काठमाडौं : आईसीसी टी-२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प बिहीबारबाट सुरु भएको छ। आगामी अक्टोबरमा ओमानमा हुने महत्वपूर्ण प्रतियोगिताको तयारी स्वरूप ३२ खेलाडी क्याम्पमा सहभागी छन्।
यस क्याम्पमा लामो समयपछि अनुभवी अलराउन्डर मोहम्मद आदिल आलमले पुनरागमन गरेका छन्, जसले टोलीमा थप सन्तुलन र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।ओमानमा हुने टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।
यो छनोट प्रतियोगितामा कुल ९ वटा टोलीको सहभागिता रहनेछ। सुपर सिक्स चरणको समाप्तिपछि शीर्ष ३ स्थानमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन्।मुख्य छनोट प्रतियोगिताअघि नेपाली टोलीले विभिन्न देशमा अभ्यास खेलहरू खेल्ने योजना बनाएको छ, जसले खेलाडीहरूलाई खेलका लागि थप तयार हुन मद्दत पुग्नेछ।
२०८२ श्रावण १, बिहिबार