+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण

अत्रिदेव खबर
२०८२ अषाढ २७, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ। महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले यो सीमा तोकेको हो।

महानगरपालिका कार्यालय, काठमाडौं प्लाजामा मेयर बालेन साहको अध्यक्षतामा बसेको बैठकले बजेट सार्वजनिकका लागि तयारी गर्ने निर्णय गरेको छ। बैठकमा मेयर साहले जनचाहना अनुरूप विकासका कार्य गर्न पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट बढाउने निर्णय राजश्व परामर्श समितिले गरेको छ।

आजै बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गर्नेछ। नगर सभामा मेयरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपमेयर सुनीता डंगोलले बजेट पेश गर्नेछिन्। राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थितिमा यो बैठक सम्पन्न भएको थियो।

२०८२ अषाढ २७, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २७, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ