+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालले सिंगापुरलाई हराउँदै उपाधि जित्यो

अत्रिदेव खबर
२०८२ अषाढ २१, शनिबार

नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको छ। सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए। ९२ रनमा ८ विकेट गुमाएको अवस्थामा थापाले नेपाललाई जिततर्फ डोर्‍याएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो। सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। बलिङतर्फ नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३/३ विकेट लिए। कप्तान विपिन शर्माले १ र शुभम खनालले २ विकेट लिएर सिंगापुरलाई सस्तैमा समेट्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

२०८२ अषाढ २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ