+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई विशेष सम्मान

अत्रिदेव खबर
२०८२ अषाढ १८, बुधबार

सुखड : शिक्षाको उज्यालो अनुहार बन्न सफल विद्यार्थी र विद्यालयहरूलाई घोडाघोडी नगरपालिकाले विशेष सम्मान प्रदान गरेको छ। बुधबार आयोजित कार्यक्रममा नगर क्षेत्रभित्रको कक्षा ८ र एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उत्कृष्ट विद्यालयहरूलाई प्रमाणपत्र, ट्रफी र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

एसईई तर्फ पायोनियर स्कलर्स एकेडेमी पहलमानपुरकी रक्षा बुढा ४.०० जीपीए ल्याएर नगरमै सर्वाधिक अंक हासिल गर्दै चर्चामा आइन्। त्यस्तै विद्यालयकै नविन अवस्थी र सागर आचार्य ले ३.९१ जीपीए ल्याउँदै आफ्नो शैक्षिक क्षमताको प्रमाण दिएका छन्।

कक्षा ८ मा कान्ति राज्य लक्ष्मी मावि पहलमानपुरकी मुना चौधरी ३.९४ जीपीए, पाइनस स्कुलकी झरना रावल ३.८४ र यस भट्ट ४.०० जीपीए सहित सम्मानित भए। राष्ट्रिय मावि सुखडका उत्सव उवाई, दरख मावि हरिनगरकी जिया चौधरी, र छाडी मावि बेलारका प्रकाश देवकोटा पनि उत्कृष्ट सूचीमा परेका छन्।

विद्यालयगत उपलब्धिमा पिस लाइट इंग्लिश बोर्डिङ स्कूल, सुखडले कक्षा ८ मा १०० प्रतिशत सफलता प्राप्त गरी नगरकै पहिलो स्थानमा रह्यो। छडी मावि बेलारले ९५.८ प्रतिशत, पायोनियर स्कलर्स एकेडेमी, र जनज्योति मावि सुन्दरपुरले एसईईमा उत्कृष्ट नतिजा ल्याई सम्मानित भए।

नगर प्रमुख खडक बहादुर रावतले पुरस्कार वितरण समारोहमा बोल्दै भने, “हाम्रो पालिकाका विद्यार्थीले देखाएको यो सफलता केवल नम्बरको होड होइन, भविष्यको संकेत हो। यिनको परिश्रम, अभिभावकको समर्थन र विद्यालयको लगनशीलता प्रशंसनीय छ।”
उहाँले शिक्षामा लगानी गरिएको बजेटको सकारात्मक परिणाम देखिन थालेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रणनीतिमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

नगरको तर्फबाट दिइएको यो सम्मान विद्यार्थीको मनोबल बढाउने मात्र होइन, सम्पूर्ण नगरभित्र शिक्षा क्षेत्रमा निरन्तर प्रगतिको संकेतस्वरूप पनि हेरिएको छ। पुरस्कार पाउने विद्यार्थीहरू अब अन्य विद्यार्थीका लागि प्रेरणाका स्रोत बनेका छन्।

२०८२ अषाढ १८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ