+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रकाशबहादुर देउवाले छाडे आरजु राणा देउवाको घर

अत्रिदेव खबर
२०८२ अषाढ ११, बुधबार

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नै ठूलो आमा तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाको धनगढीस्थित घर छाडेका छन्। पारिवारिक असमझदारी र विशेषगरी राजनीतिक खटपटका कारण उनले घर छाडेर अन्यत्र डेरा सरेको बताइएको छ।

स्रोतका अनुसार, आरजु राणा देउवा नेपाली कांग्रेस र प्रदेश सरकारको राजनीतिक विषयलाई लिएर प्रकाशसँग केही समयदेखि रुष्ट थिइन्। आरजुले नै प्रकाशलाई घर छाड्न भनेको दाबी गरिएको छ। प्रकाश देउवा प्रदेश सभाको चुनावदेखि नै आरजुको घरमा बस्दै आएका थिए र मन्त्री हुँदा पनि सरकारी निवासमा नबसी सोही घरलाई मन्त्री क्वाटर बनाएका थिए।

प्रकाश देउवाले मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाएर आफू मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए। तर, आरजु राणा देउवाले यस कुरामा सहमति नजनाएपछि उनीहरूबीच समस्या सिर्जना भएको दाबी गरिएको छ। आरजुसँगको खटपटका कारण घर नै छाड्नुपरेको विषयमा प्रतिक्रिया लिन प्रकाशबहादुर देउवालाई टेलिफोन सम्पर्क गर्दा उनको रेस्पोन्स आएन। उनका स्वकीय सचिव रमेश चन्दले पनि फोन उठाएका छैनन्।

२०८२ अषाढ ११, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ११, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ