काठमाडौं, नेपाल: उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमबीच बिदाइ गरेको छ।
असार १५ गतेदेखि सुरु हुने यस छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालसहित यस समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल असार १५ गते लाओससँग खेल्नेछ। दोस्रो खेल असार १८ गते श्रीलंकासँग र समूह चरणको अन्तिम खेल असार २१ गते आयोजक उज्वेकिस्तानसँग हुनेछ। प्रतियोगिताका लागि एन्फाले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ।
टोलीमा समावेश खेलाडीहरू:
- गोलकिपर: अञ्जिला तुम्बाप्पो सुब्वा (कप्तान), अञ्जना रानामगर, उषा नाथ
- डिफेन्डर: अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई
- मिडफिल्डर: अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल
- फरवार्ड: सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल,नेपाली टोलीले छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन कपमा स्थान बनाउने अपेक्षा गरिएको छ।
२०८२ अषाढ ९, सोमबार