+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो, करण केसीको १०० विकेट पूरा

अत्रिदेव खबर
२०८२ अषाढ ४, बुधबार

काठमाडौं  : त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ।

स्कटल्याण्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको महत्त्वपूर्ण योगदान दिए। यसबाहेक, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई/दुई विकेट लिए। ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक/एक विकेट लिए।स्कटल्याण्डको ब्याटिङ र नेपालको बलिङ
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। स्कटल्याण्डका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरे। कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट हात पारे। करण केसीको कीर्तिमान
यसै खेलमार्फत करण केसीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। करण यो उपलब्धि हासिल गर्ने नेपालका दोस्रो बलर हुन्। यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन्। खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने घोषित भए।

२०८२ अषाढ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ