+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

अत्रिदेव खबर
२०८२ अषाढ १, आईतबार

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ।

बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ। केन्द्रीय बैंकले आज (आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। पछिल्लो रिपोर्ट अनुसार बैंकहरूको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको छ।

२०८२ अषाढ १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ