+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

न्यु स्टारमा १२ घण्टा लामो ABL/PBL तालिम सम्पन्न, व्यवहारिक शिक्षाको सशक्त अभ्यास

अत्रिदेव खबर
२०८२ जेष्ठ ३१, शनिबार

सुखड : व्यवहारिक शिक्षा र जीवन उपयोगी सीपको समन्वयमा अघि बढिरहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले शनिबार “शैक्षिक सामग्री निर्माण तथा प्रयोग” (ABL/PBL) विषयक १२ घण्टे विशेष तालिम सम्पन्न गरेको छ।

बिहान ७ बजेदेखि सुरू भई साँझ ७ बजेसम्म सञ्चालन भएको उक्त तालिमको प्रशिक्षण न्यु स्टारकै दक्ष प्रशिक्षक शिक्षिका टीका कुमारी खड्का, शिक्षक सुदीप कुमार चौधरी र सुरत बहादुर बिष्टले दिएका थिए।

कार्यक्रममा सहभागी प्रशिक्षकहरूमार्फत शिक्षणलाई व्यवहारिक र विद्यार्थीमैत्री बनाउने तरिकाबारे गहिरो रूपमा प्रशिक्षण दिइएको थियो। तालिममा न्यू स्टारका शिक्षकहरूसँगै एक अर्का संस्थागत विद्यालयका पाँच जना प्रतिनिधि पनि सहभागी भएका थिए।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल परशुराम भण्डारी (पिआर)ले तालिमको उद्देश्यबारे बताउँदै भने”शिक्षा भनेको केवल किताबी ज्ञान होइन, यो जीवनसँग जोडिएको अनुभव हो। ABL/PBL तालिम हामीले यसैका लागि ल्याएका हौं – ताकि शिक्षक आफैं सिर्जनशील बनून् र विद्यार्थीको सिर्जनशीलता उजागर गर्न सकून्। हामी आफ्नो विद्यालयबाटै दक्ष प्रशिक्षक उत्पादन गर्न सफल भयौं, जुन हाम्रो गुणस्तरीय शिक्षाको प्रमाण हो।”

शिक्षा मात्र होइन, संस्कारको सशक्त प्रवाहमा विश्वास राख्ने संस्थापक भण्डारी आफैं संस्कार अभियन्ता, मोटिभेसनल स्पिकर तथा गृहकार्य प्रशिक्षक समेत हुनुहुन्छ। उहाँको नेतृत्वमा विद्यालयले शिक्षा र मानव मूल्यबीचको सन्तुलनलाई आधार मानेर शिक्षण पद्धतिमा निरन्तर नवाचार गरिरहेको छ।

कार्यक्रमको सफल व्यवस्थापन कार्यकारी प्रिन्सिपल पुष्पराज कंडेलले गरेका थिए भने, सम्पूर्ण तालिम प्रक्रियाको अनुगमन सहायक प्रिन्सिपल कर्ण बहादुर थापाले गरेका थिए।

न्यु स्टारले यस्ता तालिममार्फत “सीपयुक्त शिक्षक, सक्षम विद्यार्थी” उत्पादन गर्ने आफ्नो यात्रालाई अझ बलियो बनाएको छ। तालिममा सहभागी शिक्षकहरूको प्रतिक्रिया अनुसार, यो कार्यक्रम आफूले अहिलेसम्म लिएको सबैभन्दा प्रभावकारी तालिममध्ये एक थियो।

२०८२ जेष्ठ ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ