+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढीमा सुनचाँदी व्यवसायीको नयाँ कर प्रणाली विरुद्ध आन्दोलन

अत्रिदेव खबर
२०८२ जेष्ठ ३०, शुक्रबार

धनगढी : सरकारले ल्याएको नयाँ कर प्रणालीको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। यसै क्रममा, धनगढीका व्यवसायीहरूले हिजो धनगढी चौराहादेखि जिल्ला प्रशासन कार्यालयसम्म हातमा चाबी लिएर विरोध प्रदर्शन गरेका छन्।

नयाँ कर प्रणाली खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरेका हुन् र यसलाई नियमित रूपमा अघि बढाउने उनीहरूको भनाइ छ।

नेपाल सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारका अनुसार सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनु स्वाभाविक हो। उनले यस्तो प्रक्रियाले व्यवसायमा घाटा पुर्‍याउने भन्दै यसमा पुनर्विचार गर्न माग गरेका छन्। सुनारले हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न माग गरेका छन्। सुनचाँदी व्यवसायीहरूले कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्न र निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउनसमेत माग गरेका छन्।

हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको व्यवसायीहरूको भनाइ छ। भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। व्यवसायीहरूले सरकारलाई अविलम्ब बैठक बसी समस्या समाधान गर्न आग्रह गरेका छन्, अन्यथा थप आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

२०८२ जेष्ठ ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ