काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा व्यापक अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हाल सूचना तथा प्रसारण विभागको महानिर्देशक रहेका परियारसहित महानगरका उच्च अधिकारीहरूविरुद्ध ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा चलाइएको हो।
२०८२ जेष्ठ २८, बुधबार