सुखड : घोडाघोडी नगरपालिकाभित्रका निजी तथा संस्थागत विद्यालयहरूको साझा संगठन ‘घोडाघोडी क्लस्टर’को पहिलो साधारणसभाबाट रविलाल आचार्य सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। मंगलबार सम्पन्न उक्त साधारणसभामा क्लस्टरमा आबद्ध विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाले नयाँ कार्यसमिति गठन गर्दै सचिवमा जयराम भण्डारा, कोषाध्यक्षमा युवराज बमलाई चयन गरेको छ भने सदस्यहरुमा कलाधर चापागाईं,जय बहादुर खत्री इन्द्र खड्का र कूल प्रसाद भट्टलाई चयन गरेको छ। विभिन्न विभागीय समितिहरूसमेत गठन गरिएको छ। नवनिर्वाचित अध्यक्ष आचार्यले कार्यभार सम्हाल्दै शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षक तालिम, विद्यार्थीमैत्री कार्यक्रम तथा विद्यालयहरूबीच समन्वय अभिवृद्धि गर्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउने योजना अघि सारे।
साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न गठन गरिएको निर्वाचन समितिमा संयोजक मन रावल तथा सदस्यहरू परशुराम भण्डारी (पिआर) र रघुनाथ चौधरी रहेका थिए।
सभाले गठन गरेका विभिन्न समितिहरूमा सल्लाहकार समितिको संयोजकमा परशुराम भण्डारी चयन भएका छन् भने सदस्यमा मनबहादुर रावल र रघुनाथ चौधरी रहेका छन्। बीमा समितिको संयोजकमा कुल प्रसाद भट्ट र सदस्यहरूमा कलाधर चापागाई र रामदुलारे चौधरी चयन गरिएका छन्। यस्तै, लेखा समितिको संयोजकमा तुलाराम आचार्य रहेका छन् भने सदस्यमा जगमोहन चौधरी र बुधराम चौधरी रहेका छन्।
‘घोडाघोडी क्लस्टर’ले निजी तथा संस्थागत विद्यालयहरूबीच सहकार्य, शैक्षिक तालिम र संयुक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष आचार्यले आगामी दिनमा क्लस्टरलाई अझ प्रभावकारी बनाएर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने दृढता व्यक्त गरेका छन्।
२०८२ जेष्ठ २८, बुधबार