+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अस्ट्रियाको ग्राजस्थित हाई स्कूलमा गोलीबारी, कम्तिमा पाँच जनाको मृत्यु

अत्रिदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौँ : अस्ट्रियाको ग्राज शहरको एक हाई स्कूलमा भएको गोलीबारीमा पाँच जनाको मृत्यु भएको छ ।
अस्ट्रियाली मिडिया रिपोर्टका अनुसार स्थानीय समय बिहान १० बजे स्कूल भित्र गोली चलेको आवाज सुनिएको थियो । घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । स्थानीय मिडियाले आक्रमणकारी मारिएको हुन सक्ने बताएका छन्, तर अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् ।

गोलीबारीमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको बताइएको छ तर संख्या यकिन हुन बाँकी रहेको छ । रिपोर्टका अनुसार, संदिग्ध आक्रमणकारी सम्भवतः सोही स्कूलको विद्यार्थी थियो र उसले आफैलाई गोली हानेको अनुमान गरिएको छ । ग्राज अस्ट्रियाको दोस्रो ठूलो शहर हो, जुन देशको दक्षिण-पूर्वमा अवस्थित छ र त्यहाँ लगभग ३ लाख मानिसहरू बसोबास गर्छन् ।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ