+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गायिका रचना रिमालको रुकुम पश्चिमबाट हेलिकप्टरमार्फत उद्धार, काठमाडौंमा उपचार हुँदै

अत्रिदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौं: सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी चर्चित गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उनलाई सुरुमा नेपालगञ्ज लगिएको थियो भने त्यहाँबाट थप उपचारका लागि काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको छ।

प्राप्त जानकारी अनुसार, रचना रुकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारीमा थिइन्। तर, अचानक पेट दुखेपछि उनको स्वास्थ्यमा समस्या आएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई तत्काल नेपालगञ्जस्थित अस्पताल पुर्‍याइएको थियो। स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई मंगलबार बिहानै काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।

अहिलेकी व्यस्त गायिका रिमालको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ