+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुम्भ मेला भागदौड: भारत सरकारको दाबीभन्दा बढी मृत्यु भएको बीबीसीको खुलासा

अत्रिदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौँ : भारतमा गत जनवरी २९ मा भएको कुम्भ मेलाको भागदौडमा ८२ जनाको मृत्यु भएको बीबीसीले खुलासा गरेको छ। बीबीसीले सार्वजनिक गरेको एक रिपोर्टमा सरकारले ३७ जनाको मात्र मृत्यु भएको दाबी गरे पनि आफूले ८२ जनाको मृत्यु भएको प्रमाण जुटाएको दाबी गरेको छ।

बीबीसीको रिपोर्टअनुसार, कुम्भ मेलामा मृत्यु भएका ३७ जनाका परिवारलाई उत्तर प्रदेश सरकारले २५-२५ लाख भारतीय रुपैयाँ राहत दिएको थियो। यसबाहेक, बीबीसीले अन्य मृतकका परिवारलाई पनि २५-२५ लाख रुपैयाँ नगद सहयोग गरिएको दाबी गरेको छ। रिपोर्टमा भनिएको छ कि प्रदेश सरकारले ती मृतकहरूलाई ‘अन्य कारणले मरेको’ कागज गराएर नगद सहयोग गरेको प्रमाण फेला पारेको छ।

बीबीसीले आफ्नो रिपोर्ट तयार गर्दा कुम्भ मेलामा आफन्त गुमाएको दाबी गर्ने १०० भन्दा बढी परिवारसँग कुराकानी गरेको उल्लेख गरेको छ। यद्यपि, प्रमाणको अभावका कारण ८२ जनाको सूचीमा उनीहरू सबैलाई समावेश नगरिएको रिपोर्टमा जनाइएको छ। जनवरी १३ देखि फेब्रुअरी २६ सम्म चलेको कुम्भ मेलामा ६६ करोड मानिस सहभागी भएको दाबी गरिएको थियो। यसको आयोजना गर्न उत्तर प्रदेश सरकारले ७ हजार करोड भारतीय रुपैयाँ खर्च गरेको बताइएको छ।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ