+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिरासतमा रहेका थनबर्गसहितका १२ जनालाई इजरायलले डिपोर्ट गर्ने

अत्रीदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौँ : गाजामा जारी द्वन्द्वको बीचमा, वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग इजरायलको अश्दोद बन्दरगाह पुगएकी छन् । यसअघि इजरायली नौसेनाले ग्रेटासहित १२ जना कार्यकर्ता चढेको जहाजलाई नियन्त्रणमा लिएको थियो ।यो जहाज फ्रिडम फ्लोटिला गठबन्धनले पठाएको थियो, जसले गाजामा इजरायली सैन्य कारबाही र मानवीय सहायता रोक्ने विरोध गरिरहेका थिए । कार्यकर्ताहरूले जहाज रोकिएको बेला आफुहरु अन्तर्राष्ट्रिय समुद्री सीमामा रहेको बताएका छन् ।

इजरायलले यसलाई प्रचार अभियान भन्दै सहयोगको नाममा मजाक भएको टिप्पणी गरेको छ । साथै अब उनीहरूलाई उनीहरूको देश फिर्ता पठाइने बताएको छ । यति मात्र होइन, विदेश मन्त्रालयले एउटा तस्वीर पनि साझा गरेको छ जसमा ग्रेटा थनबर्ग जहाजबाट ओर्लिरहेको देखिन्छ । साथै, सबै हिरासतमा रहेका कार्यकर्ताहरूलाई रामले शहरको एक हिरासत केन्द्रमा राखिनेछ र त्यसपछि उनीहरूलाई देशबाट निष्कासन गरिनेछ ।

अर्कोतर्फ, फ्रिडम फ्लोटिलाले एक विज्ञप्ति जारी गर्दै जहाज अवैध रूपमा कब्जा गरिएको, निहत्था नागरिकहरूलाई अपहरण गरिएको र आवश्यक राहत सामग्रीहरू कब्जा गरिएको बताएको छ ।थनबर्गले गाजाका मानिसहरूका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेको बताएकी थिइन् । इजरायलले मार्च २ देखि गाजामा राहत सामग्रीको प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ, जसका कारण त्यहाँका २३ लाख मानिसहरूमध्ये ९३ प्रतिशत भोकमरीको सामना गरिरहेका छन् । दर्जनौं बालबालिका भोकमरीले मरेका छन्।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ