+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिम प्रदेश सभाबाट सोडारी निलम्बित

अत्रिदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी प्रदेश सभाबाट निलम्बित भएका छन् ।

प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीमाथि भ्रष्टाचार मुद्धा दायर भएको जानकारी आएकाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी गराएका थिए ।

प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारीविरुद्ध अख्तियारले पदमा रहदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ