+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार
काठमाडौं : सान्भी इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनिको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले सोमबार बाँडफाँट गरेको हो ।

गोलाप्रथाबाट २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ता सेयर पाएका छन् ।  सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका थिए । यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी थियो । योसँगै करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली भएको छ ।

क्रम्पनीले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।

 

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ