+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोहन वैद्य बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार जारी

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ बिरामी भएका छन्।दमको समस्या रहेका उनलाई पछिल्लो पटक जेठ १८ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गराइराखिएको छ।

‘उहाँलाई आइसियुमा राखेर उपचार गराइएको छ,’ उनका आफन्त प्रशान्त वलीले  भने, ‘अवस्था स्थिर छ। उहाँको उपचारमा डा. निरज बम नेतृत्वको चिकित्सक टोली सक्रिय छ।’उनका अनुसार यसअघि अध्यक्ष वैद्यलाई महाराजगन्जस्थित बिपी सामुदायिक अस्पतालमा उपचार गराइएको थियो।

विगत ६ महिनादेखि वैद्यको स्वास्थ्यमा समस्या देखिँदै आएको छ। ‘त्यसकारण उहाँ कहिले अस्पताल त कहिले घर आउजाउ गरिरहनु भएको छ,’ उनले भने।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ