+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौँ : भारतको छत्तीसगढमा माओवादीहरूले गराएको विस्फोटमा प्रहरी एएसपीको मृत्यु भएको छ ।भारतीय मिडियाका अनुसार कोन्टा प्रहरी चौकीका अतिरिक्त प्रहरी अधीक्षक (एएसपी) आकाश राव गिरिपुंजेको मृत्यु भएको हो । त्यस्तै घटनामा इन्चार्ज सोनल ग्वाला र एसडिओपीसहित केही प्रहरी कर्मचारीहरू पनि घाइते भएको बताइएको छ ।

छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले कोन्टा-एराबोरा सडकको डोन्ड्रा नजिकै विस्फोटमा घाइते भएपछि एएसपी आकाश राव गिरिपुंजे शहीद भएको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । जुन १० मा, माओवादी संगठन ले घोषणा गरेको भारत बन्दको आह्वानलाई ध्यानमा राख्दै पैदल गस्तीमा रहेको प्रहरी टोली विस्फोटमा परेको बताइएको छ । छत्तीसगढमा पछिल्लो एक महिनामा शीर्ष माओवादी नेता नम्बल्ला केशव राव उर्फ ​​बसवराजु सहित दुई दर्जन भन्दा बढी माओवादीहरू मारिएका छन् । त्यसको विरोधमा माओवादी संगठनले जुन १० मा देशव्यापी बन्दको आह्वान गरेको थियो ।

घटनापछि, क्षेत्रमा सुरक्षा बढाइएको छ र क्षेत्रमा खोजी अभियान चलाइएको रिपोर्टमा उल्लेख छ ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ