+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब नेपालमै लिङ्ग परिवर्तन सम्भव: त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया, विदेश जानुपर्ने बाध्यता हट्यो

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ : नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन (सेक्स रिअसाइन्मेन्ट सर्जरी) सफलतापूर्वक सम्पन्न भएको छ। यो ऐतिहासिक शल्यक्रिया त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको हो।

जनकपुरकी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरू प्रयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनर्निर्माण गरिएको हो। यो शल्यक्रिया अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विशेष शल्यक्रिया शिविरमा गरेको थियो। सोही अवसरमा अनुहार तथा स्तनको शल्यक्रिया पनि गरिएको थियो।

अस्पतालका प्रवक्ता तथा सह-प्राध्यापक डा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने बताएका छन्। यसले लिङ्ग परिवर्तनका लागि विदेश जानुपर्ने बाध्यता हट्ने र महँगो शल्यक्रिया नेपालमै कम खर्चमा उपलब्ध हुने भएकाले पारलैङ्गिक समुदायलाई ठूलो राहत मिल्नेछ। डा. सेढाइँका अनुसार यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचान पूरा गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ।

यो जटिल शल्यक्रिया विदेशी प्लास्टिक सर्जन डा. एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो। शल्यक्रियामा सम्पूर्ण प्लास्टिक सर्जरी र एनेस्थेसिया टोलीको सहभागिता थियो। डा. जयनमान श्रेष्ठका अनुसार अब त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ। यो उपलब्धि नेपालमा पारलैङ्गिक समुदायको अधिकार र स्वास्थ्य सेवामा एउटा महत्वपूर्ण फड्को हो।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ