+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लस एन्जलस प्रदर्शन: ट्रम्पद्वारा नेशनल गार्ड तैनाथको आदेश, गर्भनरद्वारा विरोध

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

अमेरिका: अमेरिकाको लस एन्जलसमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ २ हजारभन्दा बढी ‘नेशनल गार्ड’ तैनाथ गर्न आदेश दिएका छन्। तर, लस एन्जलसका गर्भनरले ट्रम्पको यो आदेशले थप हिंसा भड्काउने भन्दै त्यसको विरोध गरेका छन्।

प्रदर्शनको मूल कारण आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) ले आप्रवासनसम्बन्धी नियम उल्लंघन गरेको भन्दै ४० भन्दा बढी आप्रवासीलाई गिरफ्तार गर्नु हो। यस गिरफ्तारीको विरोधमा ठूलो संख्यामा मानिसहरू प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरू झन् उत्तेजित बनेर तोडफोड र आगजनीमा उत्रिएका थिए। लस एन्जलसमा फैलिएको यो अराजकता रोक्न ट्रम्पले संघीय सरकारका तर्फबाट थप सुरक्षाकर्मीहरू तैनाथ गर्न आदेश दिएका हुन्।

प्रदर्शनकारीहरूले संघीय सरकारी भवनहरू घेराउ गरेका छन् भने आप्रवासन विभागका कर्मचारीहरूमाथि आक्रमणको प्रयास समेत गरेको बताइएको छ। आप्रवासन विभागका कर्मचारीहरूले छापा मारेर आप्रवासीहरूलाई गिरफ्तार गरेपछि यो प्रदर्शन सुरु भएको थियो।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ