+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेसन्स लिगको फाइनलमा स्पेन र पोर्चुगल भिड्दै

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ :  युइएफए नेसन्स लिगको फाइनलमा आज स्पेन र पोर्चुगल आमने सामने हुदैछन् । नेपाली समय अनुसार यो खेल राति १२: ४५ देखि शुरु हुने छ ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई ५-४ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने पोर्चुगलले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।यो युइएफए नेसन्स लिगको चौथो संस्करण हो । पोर्चुगलले २०१९ मा नेसन्स लिगको पहिलो संस्करण जितेको थियो भने फ्रान्सले २०२१ मा दोस्रो संस्करण जितेको थियो । त्यस्तै स्पेनले २०२३ मा तेस्रो संस्करण जितेको थियो ।

पोर्चुगल र स्पेन अहिलेसम्म ४० पटक आमने सामने भएका छन् । जसमा स्पेनले १८ जित हासिल गरेको छ भने पोर्चुगलले ६ जित हासिल गरेको छ । त्यस्तै १६ खेल बराबरी भएका छन् ।आफ्नो फुटबल क्यारियरको अन्त्यतिर रहेका क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल र लामिन यमल जस्ता युवा खेलाडीले भरिएको स्पेनबीचको यो प्रतिष्पर्धा निकै रोचक हुने देखिएको छ ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ