+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोलखाको सुन्दर पर्यटकीय गन्तव्य: शैलुङ

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

दोलखा :दोलखा जिल्लामा अवस्थित शैलुङ देशकै सुन्दर र रमणीय पर्यटकीय गन्तव्य बनेको छ। समुन्द्री सतहबाट ३४ सय मिटर उचाइमा रहेको यो स्थानमा प्रायः हिउँ पर्ने गर्दछ र हिउँले ढाकिएको हुन्छ।

हिउँमा रमाउन र शैलुङको प्राकृतिक सौन्दर्यको अनुभव गर्न मुलुकका विभिन्न भागबाट पर्यटकहरूको ओइरो लाग्छ। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्ण लगायत देशका प्रायः सबै हिमशृंखलाहरूका साथै महाभारत पर्वत र माथिल्लो भेगका अन्य पहाड तथा पर्वतहरूका मनमोहक दृश्यहरू देख्न सकिन्छ।

प्राकृतिक सौन्दर्यका अतिरिक्त, शैलुङ हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको लागि एक महत्त्वपूर्ण धार्मिक स्थल पनि हो। यहाँ जनैपूर्णिमा र बाला चतुर्दशी जस्ता पर्वहरूमा विशेष मेला लाग्ने गर्दछ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ