+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ  : आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।हाल लिग-२ को अंक तालिकामा नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १४ खेलमा ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन ।

त्यस्तै स्कटल्याण्डको १८ खेलमा २२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ