+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भागदौड घटनामा विराट कोहलीप्रति आक्रोश, #ArrestKohli ट्रेन्ड

अत्रीदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : भारतको बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि अहिले यसको प्रमुख निशानामा विराट कोहली देखिएका छन् ।

रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई यस सिजनको आइपिएल जिताउन महत्वपूर्ण भुमिका निभाएका विराटविरुद्ध सामाजिक सञ्जाल एक्समा #ArrestKohli ट्रेन्ड गरिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विराट जस्ता सिनियर खेलाडीले फ्यानको संवेदनशीलतालाई नबुझेको, स्टेडियम बाहिर फ्यानहरु मरिरहदा स्टेडियम भित्र जितको खुशी मनाइरहेको भन्दै आलोचना गरिरहेका छन् ।

विराट भागदौडको एक दिनपछि बिहीबार मुम्बई विमानस्थलमा श्रीमती अनुष्का शर्मासँग देखिएका थिए । यसपछि विराटको अनलाइनमा तीव्र आलोचनाको सामना गर्नुपरेको छ । घटना भएको एक दिनपछि विराट यति चाँडै निस्कनु असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो आक्रोस व्यक्त गरेका छन् ।

यस अघि विराटले घटनापछि सामाजिक सञ्जालमार्फत आफु स्तब्ध भएको उल्लेख गरेका थिए ।घटनाको छानबिन गर्न प्रहरीले आरसिबीका अधिकारीहरुसहित चार जनालाई पक्राउ गरेको छ ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ