+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

अत्रीदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : भारतमा कोरोनाका सक्रिय केसहरुको संख्या ५ हजार नाधेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, भारतमा कुल ५ हजार ३६४ सक्रिय केसहरू पुष्टि भएका छन् ।यी मध्ये धेरैजसो केसहरू केरलामा पुष्टि भएका छन् । केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिएका छन् । केरलामा कोरोनाका १६७९ सक्रिय केसहरू छन् भने गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ रहेका छन् ।

मन्त्रालयका अनुसार, यस वर्ष हालसम्म भारतमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ ।

 

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ