काठमाडौँ : आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी सिरिज अन्तर्गत आज आयोजक स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ ।
यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।स्कटल्याण्ड र नेदरल्याण्डस दुवै देश यस सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएका छन् ।नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई रोमाञ्चक एक विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्याण्डसलाई ५ विकेटले पराजित गरेको थियो ।
स्कटल्याण्ड र नेदरल्याण्डस अहिलेसम्म १४ एकदिवसीय खेल खेलेका छन् । जसमा स्कटल्याण्डले ८ खेल जितेको छ भने नेदरल्याण्डसले ५ खेल जितेको छ । त्यस्तौ एक खेलको नतिजा आएको छैन ।हाल लिग-२ को अंक तालिकामा नेदरल्याण्डस २१ खेलमा २६ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने स्कटल्याण्ड १७ खेलमा २० अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै नेपालले भने यस सिरिजमा २ खेल जितेर ४ अंक जोड्दै १४ खेलमा १० अंकसहित सातौं स्थानमा उक्लिएको छ ।
२०८२ जेष्ठ २३, शुक्रबार