+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहरी तथा भवन निर्माणका इन्जिनियरविरुद्ध मुद्धा दायर

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध मुद्धा दायर गरेको छ ।

यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ ६ लाख ७० हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा विहिबार मुद्धा दायर गरेको हो । अख्तियारका अनुसार यादवलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । उनले त्यसअघि नै थप एक लाख लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ