+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरसीबीले भागदौडमा मृत्यु भएका परिवारलाई १०-१० लाख दिने

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ : आइपिएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा मृत्यु भएका ११ जना फ्यानका परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

आरसीबीले यस दुखद घटनामा घाइते भएका फ्यानहरूलाई सहयोग गर्न ‘आरसीबी केयर्स’ नामक कोष पनि सिर्जना गरिएको जानकारी दिएको छ । बुधबार आइपिएल जितको उत्सव मनाउनेक्रममा बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा ११ जनाको मृत्यु भएको थियो । यस बाहेक ३० जनाभन्दा बढी घाइते भएका थिए ।

आरसीबीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो घटनाले परिवारलाई धेरै पीडा दिएको छ र सम्मानको रूपमा, ११ परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने बताएको छ ।यसअघि कर्नाटक राज्य सरकारले पनि मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको थियो ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ