+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चेम्बर र आइएमएफका प्रतिनिधीबीच छलफल

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नेपालको बर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा केन्द्रीत भएर छलफल भएको हो ।आईएमएफका प्रतिनिधीसंग चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्वोधन गर्नेगरी आगामी आर्थिक बर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए । उनले भने, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी अर्थिक बर्षको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौं, । ’

६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याईएको बजेटको लक्ष्य पुरा गर्नका लागि सोही अनुसारको सहजीकरण हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।कोभिड १९ पछि अंगिकार गरिएका संकुचित नीतिहरुका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति बेहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरु न्ै रहेको अध्यक्ष अग्रवालले बताए । मुलुकको अर्थतन्त्र केही दवावमा रहेपनि आगामी बजेटको प्रभावकारी कार्यन्वयन हुन सके अधिकांश समस्या सम्वोधन हुनेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताए ।

आइएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधी मण्डललले चेम्बर पदाधिकारीहरुसंगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ