धनगढी : धनगढी उपमहानगरपालिकाले बेहडाबाबा मेलाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। यो कदम नगर प्रमुख गोपाल हमालको दूरदर्शिता र जनसेवाप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो।
जेठ २२ गते (आज) मेलाको मुख्य दिनमा बेहडाबाबा मन्दिर जाने दर्शनार्थीहरूलाई सहजता प्रदान गर्न धनगढी-१७ शिवगंगा नदीदेखि मन्दिरसम्म निःशुल्क बस सेवा उपलब्ध गराइँदैछ। मन्दिर जाने सडक साँघुरो भएकाले लाग्ने जामको समस्यालाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको हो, जसले गर्दा यात्रुहरूको समय बच्नेछ र यात्रा पनि सहज हुनेछ।
यो प्रशंसनीय कार्यले स्थानीय सरकारले जनताको सुविधालाई कति प्राथमिकता दिएको छ भन्ने कुरा प्रस्ट पार्छ। यस्तो जनमुखी योजनाले धार्मिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय बासिन्दाको मन जित्न सफल हुनेछ।
२०८२ जेष्ठ २१, बुधबार