काठमाडौँ : दक्षिण कोरियामा राष्ट्रपति चुनावको लागि मतदान जारी रहेको छ । पूर्व राष्ट्रपति युन सुक-योललाई महाभियोग लगाएए हटाएपछि आज मतदान हुन लागेको हो ।
स्थानीय समय अनुसार दिउँसो १ बजेसम्ममा ६२.१ प्रतिशतले मतदान गरेको मिडिया रिपोर्टमा उल्लेख छ । २०२२ को तुलनामा यस समयमा कम मतदान भएको थियो ।राष्ट्रपति चुनावमा मुख्य प्रतिस्पर्धा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारुढ दलका किम मुन सू बीच छ । किम मुन युन सुक-योलको मन्त्रिपरिषद्मा मन्त्री थिए ।
धेरै युवा मतदाताहरूले देशमा निर्णायक नेता देख्न चाहेको बताएका छन् । दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठूलो चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करसँग जुध्नु हुनेछ ।ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टीलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । दक्षिण कोरिया अमेरिकामा स्टील निर्यात गर्ने चौथो ठूलो देश हो ।
२०८२ जेष्ठ २०, मंगलबार