+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी नदीको बहाव बढ्ने, सतर्क रहन आग्रह

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन कोशी, नारायणीसहितका नदीहरुको जलसतह सतर्कता बढ्दो क्रममा हुने हुनाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता रहन आग्रह गरेको छ ।

महाशाखाले आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भएपनि बढ्दो हुने रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौं। कन्काई नदीमा जलसतह सतर्कता तह नजिकै रहने पूर्वानुमान रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

त्यस्तै आज  झापा, मोरङ्ग, सुनसरी र आसपासका जिल्ला भई बहने अधीकांश स-साना नदीहरुमा बहाव आकस्मिक घटबढ हुनसक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । त्यस्तै ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ्ग, र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ