+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गौरीगंगामा  गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

मसुरिया : गौरीगंगामा  गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका- १० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको गोठमा आगलागी हुँदा उनका ७२ वर्षीय बुवा कुक्रु डगौरा थारुको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार बिहान २ बजेको समयमा चौधरीको २ तले २ कोठे काठले बनेको खरले छाएको कच्ची गोठको माथिल्लो तलामा अचानक आगलागी भएको थियो ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ