+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थाइल्याण्डकी ओपल सुचाता चुआङ्श्री बनिन् मिस वर्ल्ड २०२५

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौँ : थाइल्याण्डकी ओपल सुचाता चुआङ्श्रीले ७२ औं मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन्। मे ३१ को राति विश्व सुन्दरीको ताज पहिरेपछि यतिबेला उनको नाम विश्वभर चर्चामा छ।

२२ वर्षीया ओपल सुचाता विगत चार वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय छिन्। उनले २०२१ मा ‘मिस रत्नकोसिन’ प्रतियोगिताबाट आफ्नो पेजन्ट्री करियर सुरु गरेकी थिइन्, तर त्यतिबेला उपाधि जित्न सकिनन्। त्यसपछि, १८ वर्षको उमेरमा २०२२ मा उनले ‘मिस युनिभर्स थाइल्याण्ड’ मा भाग लिइन् र तेस्रो स्थान हासिल गरिन्। दोस्रो उपविजेताले राजीनामा दिएपछि उनी दोस्रो स्थानमा उक्लिएकी थिइन्।

सन् २०२४ मा ओपलले बैंककको प्रतिनिधित्व गर्दै फेरि ‘मिस युनिभर्स थाइल्याण्ड’ मा भाग लिइन् र यसपटक भने ताज जित्न सफल भइन्। सोही वर्ष उनले लगभग १२५ देशका मोडलहरूसँग ‘मिस युनिभर्स’ मा प्रतिस्पर्धा गरिन् तर जितबाट चुक्दै तेस्रो रनर-अप बनिन्। अहिले भने उनले ७२ औं मिस वर्ल्डको उपाधि जितेर आफ्नो नाम विश्वसामु राखेकी छिन्। ‘मिस युनिभर्स थाइल्याण्ड’ र ‘मिस वर्ल्ड’ बाहेक, ओपलले ‘मिस वर्ल्ड थाइल्याण्ड’ को उपाधि पनि जितेकी छिन्।

ओपलका बुबाको नाम थानेट डोन्कमानेर्ड र आमाको नाम सुपात्रा चुआंगश्री हो। उनको परिवारको थालाङमा आफ्नै व्यवसाय छ। उनले आफ्नो स्कुले शिक्षा काजोन्कियात्सुक्साबाट पूरा गरेकी थिइन् भने थप अध्ययन त्रियम उधम सुक्ष्म विद्यालयबाट गरिन्। उनी हाल थम्मासट विश्वविद्यालयबाट राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गर्दैछिन्।

मिस वर्ल्डको ताज जित्नुका साथै ओपलले ठूलो रकम पनि प्राप्त गरेकी छिन्। पुरस्कार राशिका रूपमा उनलाई १० लाख अमेरिकी डलर (लगभग १३.६ करोड नेपाली रुपैयाँ बराबर) प्रदान गरिएको छ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ