+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुरमा भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापी सुरु

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

कञ्चनपुर : लामो समयदेखिको भूमि समस्या समाधान गर्ने उद्देश्यले भूमि समस्या समाधान आयोगले कञ्चनपुरका सबै पालिकामा भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ। आयोगले असारसम्ममा ४ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य राखेको छ।

भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले दिएको जानकारीअनुसार, जग्गा नापीका लागि जिल्लाभरका सबै पालिकामा टोली खटिएको छ। यस कार्यमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षकका साथै स्थानीय पालिकाका २७ जना अमिन र ६ जना सर्वेक्षक संलग्न छन्। कञ्चनपुरमा लालपुर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी कुल ७२ हजार ९३० निवेदन परेका छन्। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले बनाएका ४ हजार ६५ वटा सेतो लालपुर्जाको अधुरो काम पनि अहिलेको आयोगले गरिरहेको बताए। सीमित स्रोत र साधनका बाबजुद पनि कामलाई तीव्र गतिमा अगाडि बढाइएको उनको भनाइ छ।

विभिन्न पालिकामा संकलन गरिएका लगत  संकलनको अवस्था

भीमदत्त नगरपालिका: भूमिहीन दलित ९२२, भूमिहीन सुकुम्बासी ८८७ र अव्यवस्थित बसोबासी ६ हजार।
वेदकोट नगरपालिका: भूमिहीन दलित ३०६, भूमिहीन सुकुम्बासी २०५ र अव्यवस्थित बसोबासी ९ हजार २१।
कृष्णपुर नगरपालिका: भूमिहीन दलित ९९, भूमिहीन सुकुम्बासी १०० र अव्यवस्थित बसोबासी १५ हजार ९६२।
शुक्लाफाँटा नगरपालिका: भूमिहीन दलित १९३, भूमिहीन सुकुम्बासी १५४ र अव्यवस्थित बसोबासी ११ हजार ४८९।
दोधारा चाँदनी नगरपालिका: भूमिहीन दलित १७६, भूमिहीन सुकुम्बासी २६० र अव्यवस्थित बसोबासी ३ हजार ५६१।
बेलौरी नगरपालिका: भूमिहीन दलित ११८, भूमिहीन सुकुम्बासी १८८ र अव्यवस्थित बसोबासी ५ हजार ३०० (कुल ५ हजार ६०६)।
पुनर्वास नगरपालिका: भूमिहीन दलित ७७१, भूमिहीन सुकुम्बासी ८७५ र अव्यवस्थित बसोबासी ६ हजार ७६०।
बेल्डाँडी गाउँपालिका: भूमिहीन दलित १९७, भूमिहीन सुकुम्बासी १९५ र अव्यवस्थित बसोबासी ४ हजार ४०३।
लालझाडी गाउँपालिका: भूमिहीन दलित २२, भूमिहीन सुकुम्बासी ९० र अव्यवस्थित बसोबासी ४ हजार ४६९।
अहिलेसम्म ३०७ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरिसकेका छन्। यसमा वेदकोट नगरपालिकाका ८५, कृष्णपुर नगरपालिकाका ९०, बेलौरी नगरपालिकाका २१, दोधारा चाँदनी नगरपालिकाका २४ र शुक्लाफाँटा नगरपालिकाका ८७ परिवारलाई यसअघि विघटित भूमि आयोगले लालपुर्जा वितरण गरिसकेको अध्यक्ष पन्तले बताए।

जग्गा नापीको सन्दर्भमा, भीमदत्त नगरपालिकाका वडा नं. ४, १४, १५, ११ र १७ मा नापी भइसकेको छ। वेदकोट नगरपालिकाका सबै वडामा १ हजार ९२४ हेक्टर, कृष्णपुर नगरपालिकाका वडा नं. १, २, ४, ८ र ९ मा २ हजार ३० हेक्टर जग्गा नापी भएको छ। शुक्लाफाँटा नगरपालिकामा वडा नं. १, २, ३, ९ मा ८ सय १६.३८ हेक्टर जग्गा नापी भएको छ भने वडा नं. १२ र १० मा नापी हुन बाँकी छ। त्यस्तै, दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ मा ५ सय ५२ हेक्टर जग्गा नापी गरिएको छ भने वडा नं. ५, ३, ९ र १० मा नापीको काम भइरहेको छ। बेलौरी नगरपालिकामा वडा नं. ४, ८ र १० मा नापी सम्पन्न भएको छ। पुनर्वास नगरपालिकामा १२४ हेक्टर जग्गा नापी भएको छ भने बेल्डाँडी गाउँपालिकाका सबै वडामा १ हजार ४ सय हेक्टर र लालझाडी गाउँपालिकामा वडा नं. ४, ५ र ६ मा २१ हेक्टर जग्गा नापी भएको आयोगले जनाएको छ।

 

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ