सुखड : संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको घोडाघोडी नगरपालिका-१, सुखडस्थित न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा अक्षर सुधार तालिम भव्य रूपमा सम्पन्न गरिएको छ।
विद्यालयमा आयोजित उक्त अक्षर सुधार तालिमको उद्घाटन शुभकामना मन्तव्य विद्यालयका प्रबन्ध निर्देशक संस्थापक प्रीन्सिपल परशुराम भण्डारी (पीआर ) ले दिनुभएको थियो। तालिममा पूर्व प्राथमिक (ECD) तहका १२ जना शिक्षिकाहरूलाई लक्षित गरी अक्षर सुधार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो। तालिमको सहजीकरण विद्यालयका माध्यमिक शिक्षक सुदिप कुमार चौधरी र शिक्षिका लक्ष्मी कंडेलले गर्नुभएको थियो।
यसै सिलसिलामा विद्यालय परिसरमै पानसमा बत्ति बालेर विशेष कार्यक्रम अक्षर सुधार सप्ताहको पनि उद्घाटन गरियो। उद्घाटन समारोहमा बिधालयका संस्थापक प्रीन्सिपल परशुराम भण्डारी(पिआर)ले शुभकामना मन्तव्य प्रदान गर्नुका साथै कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी मोटिभेसनल स्पिच पनि दिनुभएको थियो।
उक्त कार्यक्रमले शिक्षक तथा विद्यार्थीहरूको लेखाइ सुधार, आत्मविश्वास अभिवृद्धि तथा शिक्षण सिकाइ प्रक्रियामा सशक्त प्रभाव पार्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।
न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले यस्ता सिर्जनात्मक र प्रभावकारी कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर रुपमा सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाएको छ।
२०८२ जेष्ठ १७, शनिबार